एपिएफ र रेलवेले फाइनलमा भिडने

apf1
साविक विजेता एपिएफ क्लब र भारतको रेलवे क्लब तेस्रो प्रधानमन्त्री कप इन्डो नेपाल महिला भलिबलको फाइनलमा शनिबार भिडने भएको छ । शुक्रबार पहिलो सेमिफाइनलमा रेलवेले भारतकै उत्तर प्रदेश टोलीलाई सोझो सेटमा हराउँदै फाइनलमा पुगेको हो ।
उत्तर प्रदेशलाई सहजै पन्छाउने क्रममा रेलवेले खेल २८–२६, २५–१९, २५–८ ले हरायो । पहिलो सेट प्रतिस्पर्धा भएपनि त्यसपछिको सेटमा भने उत्तर प्रदेशले गतिलो प्रदर्शन गर्न सकेन । डिफेन्स कमजोर भएको कारण खेल हार्नु परेको उत्तर प्रदेशका प्रशिक्षक अकुंश सिंहले बताए ।
यसैगरी साविक विजेता एपिएफले न्यु डायमन्ड क्लबलाई हराउँदै फाइनलमा पुगेको हो । एपिएफले गत वर्षको फाइनलको प्रतिस्पर्धी डायमन्डलाई सहजै सेमिफाइनलमा पन्छाउन सफल भयो । एपिएफले डायमन्डलाई नेपालगन्ज रंगशालमा २५–१५, २५–१९, २५–१९ले हरायो ।
डायमन्डका प्रशिक्षक कुमार राईले डिफेन्स, ब्लक कमजोर भएको कारण हार्नु परेको बताए । उनले भने, हामीले आज स्वभाविक खेल खेल्न सकेनौं । स्पाइक पनि गतिलो भएन । ब्लकमा पनि राम्रो गर्न सकनौं ।एपिएफका प्रशिक्षक विजय केसीले फाइनल जित्ने कोसिस गर्ने बताए । उनले भने, हामी खुसी छौ । फाइनलमा भारतको बलियो टोलीसँग खेल्न पाउँदा । बाँके जिल्ला भलिबल संघले आयोजना गरेको प्रतियोगितामा ६ टोलीले प्रतिपर्धा गरेको थियो । लिग कम नकआउटको आधारमा भैरहेको प्रतियोगितामा नेपालको ४ र भारतको २ टोलीले खेलिरहेको छन । शनिबार फाइनलमा एपिएफ र रेलवेले खेल्न अघि तेस्रो स्थानको लागी डायमन्ड र उत्तर प्रदेशले खेल्ने आयोजक बाके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरीले बताएको छन ।

Comment