पूर्व क्षेत्रीय प्रहरी अन्तिम चारमा

Manoj Shiama
12 April, 2016 7:47 pm

volleyball morange
विराटनगरमा जारी प्रथम स्वर्गीय सुर्यबहादुर थापा स्मृती पूर्वाञ्चल स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता मंगलबार सम्पन्न खेलमा विजयी हुँदै पूर्व क्षेत्रीय प्रहरीकोटीम अन्तीम चारको स्थान सुरक्षित गरेको छ ।
मंगलबार सम्पन्न क्वार्टरफाईनल खेलमा संखुवासभा भलिबल क्लबलाई २८–२६ र २८–२६ का सोझो सेटले पराजित गरी पूर्व क्षेत्रीय प्रहरीसेमिफाईनल प्रवेश गरेको हो । मोरङ जिल्ला भलिबल संँघको आयोजनामा जारी प्रतियोगितामा पूर्वाञ्चलका संखुवासभा, खोटाङ, भोजपुर, सिराहा, सुनसरी, झापा,नेपाल प्रहरी टीम(क्षेत्रीय), नेपाली सेनाको टीम(क्षेत्रीय) र सशस्त्र प्रहरी बल टीम(क्षेत्रीय) गरी १२ टिमको सहभागीता रहेको छ । बुधबारकोे खेल पहिलो खेल तेह्रथुम र पूर्वाञ्चल दोस्रो खेल नेपाली सेनाको आर्मी क्लब( पूर्वाञ्चल) झापाको विर्तामोड र शसस्त्र प्रहरी बलको एपिएफ क्लब( पूर्वाञ्चल) र नवज्योति क्लब खोटाङ बिच हुने आयोजकले जानकारी दिएको छ ।