ओलम्पिक कमिटीबाट निसाको विदाइ

nishae
फीलीपीन्सको मनीलामा आयोजना हुने रियो ओलम्पिक छनोटमा सहभागि हुने नेपाली तेक्वान्दो खेलाडी निसा रावललाई मंगलबार नेपाल ओलम्पिक कमिटीले विदाइ ग¥यो । ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पाले रावललाई शुभकामना दिदै ओलम्पिक कमिटीले युवा खेलाडीलाई सहयोग गर्ने कार्यलाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गरे । सो अबसरमा बरिष्ठ तेक्वान्दो प्रशिक्षक तथा राखेप तालीम तथा प्रशिक्षण विभागका उपनिर्देशक अर्जुन बिक र आलम्पियन दिपक विष्ट सहित नेपाल ओलम्पिक कमिटीका सदस्य तथा नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द« राज श्रेष्ठले पनि विदाइ गरे । तेक्वान्दो प्रशिक्षक हेमन्त डागी, नोर्बु लामा र हिरा थापाको पनि उपश्थिीती थियो । निसा २०१५ देखि ओलम्पिक स्करलरसीपमा रहेकी खेलडी हुन् । हेमन्त टोली ब्यबस्थापकको रुपमा मनिला जादै छन् । उनले मनिलामा ५७ किलो भन्दा माथिको तौल समुहमा सहभागिता जनाउने छिन् ।

Comment