एशियाली खेलमा जाने जुडो टोलीलाई विदाई

judoe

मित्र राष्ट्र उज्वेकिस्तानको तास्केन्तमा आयोजना हुने एशियन सिनियर जुडो च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाली जुडो टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले शनिबार बिदाई गरे । टोलीमा महिला तर्फ फुपुल्हामु खत्री (६३ केजी मुनी), लिला अधिकारी (५२ केजी मुनी), मनिता श्रेष्ठ प्रधान (५७ केजी मुनि) र पुरुष तर्फ रमेश मगरले ६६ केजी मुनि रहेका छन् । टिम प्रशिक्षकमा चन्द्र कुमार डङ्गोल, निर्णायकमा मनोज बहादुर केसी र टिम व्यवस्थापकमा संघका सदस्य प्रमोद प्रसाद नेपाल रहेका छन् ।
विदाई कार्यक्रममा नेपाल जुडो संघका अध्यक्ष दीपक हर्ष बज्राचार्य लगायतको उपस्थिती रहेको थियो । टोली आइतबार त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।च्याम्पियनसिप १३ देखि १७ अप्रील सम्म संचालन हुने छ ।

Comment