भारत च्याम्पियन

chock ball1
भारतले दोश्रो दक्षिण एसियाली चकबल  च्याम्पियनसिपको उपाधि आइतबार जितेको छ । दोहोरो उपाधि जितेको भारत पुरुष र महिलामा पहिलो भयो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पुरुष फाइनलमा भारतले बंगलादेशलाई ६९–४० ले पराजित ग¥यो । नेपालले भुटानलाई हराउदै तेश्रो स्थानमा चित्त बुझायो । महिलाको उपाधि भिडन्तमा भारतले नेपाललाई हरायो ।
विजेतालाई राखेप सदस्य–सचिव युवराज लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । नेपाल चकबल फेडेरेसनद्वारा आयोजित प्रतियोगिताको पुरुषमा ४ र महिलामा २ टिम सहभागी थिए ।

Comment