पुलिस र आधिखोला फाइनलमा

friday volleyballee
विभागीय टोली नेपाल पुलिस क्लब र आधिखोला स्पोर्ट्स क्बल तेश्रो नया बजार कप राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको शुक्रबार फाइनलमा पुगेका छन् । नयाबजार स्थित सोसलग्राउण्डमा भएको पहिलो सेमीफाइनलमा खेलमा नेपाल आर्मी क्लबलाई हराउदै पुलिसले फाइनलको यात्रा तय गरेको हो । दोस्रो सेमिफाइनलको खेलमा स्याङ्जाको आधिखोला स्पोर्ट्स क्लबले विभागीय टोली एपीएफलाई स्तब्ध पार्दै पुलिससँगको भेट पक्का ग¥यो । शुक्रबार भएको खेलमा पुलिसले आर्मीलाई ३–२ को सेटमा पराजित गरेको हो । पहिलो सेट २०–२५ ले गुमाएको पुलिसले दोस्रो र तेस्रो सेट समान २५–२३ र २५–२३ ले आफ्नो पक्षमा पार्यो । पहिलो सेट जिते पनि २–१ ले पछि परेको आर्मीले खेलमा फर्कदै चौथो सेट २५–२० ले फर्काउदै खेल २–२ को रोमाञ्चक मोडमा पुर्यो ।
निर्णायक सेटमा भने पुलिसले बाजि मा¥यो । उसले आर्मीलाई १५–११ ले हराउदै फाइनलको यात्रा तय ग¥यो । दोश्रो सेमिफाईनल खेलमा अधिकाशं भारतिय खेलाडीले भरिएको आधिखोलाले एपीएफलाई ३–० को सोझो सेटमा हरायो । मोफसल क्लब आधिखोलाले एपीएफमाथी २५–२१, २५–१५ र २५–१८ को सहज जित निकालेको थियो । सेमिफाइनलमा पराजित नेपाल आर्मी क्लब र एपीएफले तेस्रो स्थानको लागि खेल्ने छन् । फाइनल र तेस्रो स्थानको खेल शनिबार दिउसो हुने भएको छ । प्रतियोगिताको बिजेताले एक लाख २५ हजार १ सय ११ , दोस्रोले ७० हजार १ सय ११, तेस्रोले ४० हजार १ सय ११ ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछन् । यस्तै चौथोले १५ हजार १ सय ११ नगदसहित प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको बेष्ट प्लेयरलाई ७ हजार तथा बिधागत उत्कृष्ट पाँच खेलाडीले ५ हजार रुपैया प्राप्त गर्नेछन् ।

Comment