अनु र अनुपमा प्रीमीयर लिग खेल्दै

anu and anupamae
बिश्व प्रीमीयर लिग करातेमा सहभागि हुन नेपालका खेलाडी अनु अधीकारी र अनुपमा मगर दुबइ पुगेका छन् । शनीबार र आइतबार हुने स्पर्धामा नेपालका सहभागिता जनाउने अनु ११ औ दक्षिण एसियाली खेलकुदकी रजत पदक विजेता हन् । यसैगरी उनको साथका अर्का एसियाली खेलकुदकी सहभागि तथा दक्षिण एसियाली कराते च्याम्पियनसीपकी उपाधि विजेता अनुपमा मगर रहेकी छन् । बालाजु कराते कराते एकडेमीमा उत्पादन यी दुवै खेलाडी विगतमा झै राज्यको सुबीधा विना त्यस तर्फ गएका हुन् । यस अघि गत एसियाडमा पनि बालाजुकै खेलाडी विमला तामाङ्ग राज्यको सुबीधा विना एसियाडमा सहभागिता जनाउदै पदक जित्न सफल भएकी थिइन्। अनु र अनुपमाको साथमा प्रशिक्षक राधीका देउला पनि रहेकी छिन् ।

Comment