आधिखोला समुहमा पहिलो

thursday volleyballe
तीन बिभागिय टिम पुलिस,नेपाल आर्मी, एपीएफ आधिखोला तेश्रो नया बजार कप राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगितामा बिहिबार सेमिफाइनलमा प्रवेश गरेका छन् । दोस्रो दिनको खेलबाट समूह एबाट पुलिस विजेता र एपीएफ उपविजेता हुदै सेमिफाइनलमा पुगे । समुह बीबाट स्याङ्जाको आधिखोला विजेता र आर्मी उपविजेताको रुपमा सेमीफाइलमा स्थान बनाए । नयाँ बजार स्थीत आयोजक नयाँ बजारको सोसलग्राउण्डमा भएको खेलमा पुलिसले एपीएफमाथी २५–१७,२०–२५,१९–२५,२५–२१ र १५–१३ को रोमाञ्चक जित निकाल्दै समूह बिजेता बनेको हो । यस अघि पुलिसले नयाँ बजार समाजिक युवा क्लबलाई पनि २५–१३,२५–१५ र २५–१६ ले पराजित गरेको थियो । एपीएफले पनि विश्व विद्यालय खेलकुद सघंलाई २५–१४,२५–१४ र २५–२० ले हराउदै सेमिफाईनलमा स्थान बनायो । त्यस्तै समुह बिको विजेता आधिखोला स्पोर्टस क्लबले आर्मी क्लब र जावालाखेल भलिबल प्रशिक्षण केन्द्रलाई समान ३–१ को सेटले हराउदै सेमिफाइनलमा स्थान बनायो । आधिखोलाले आर्मीविरुद्ध २५–२१,१९–२५,२५–२१,२५–२३ तथा जावालाखेललाई १८–२५,२५–१५,२५–१६ र २५–२० ले स्तब्ध पा¥यो । उपविजेता आर्मीले पनि एक जित एक हार बेहोर्दै सेमिफाइनलको यात्रा तय ग¥यो । आर्मीले ढोरपाटन स्पोर्ट्स क्लबलाई २५–१५,२५–१६,१९–२५ र २५–१० ले पराजित ग¥यो । सेमिफाईनलमा पुलिस र आर्मी तथा आधिखोला र एपीएफ खेल्ने छन् ।

Comment