विभागीय टिमको बिजयी शुरुवात

nayabazare
तीन बिभागिय टिम र जाउलाखेलले तेश्रो नया बजार कप राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगितामा बुधवार बिजयी शुरुवात गरेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा एपीएफले आयोजक नयाँ बजार सामाजिक क्लबलाई ३–० को सोझो सेटमा हरायो । एपीएफले २५–११, २५–११ र २५–१४ ले नतिजा आफ्नो पक्षमा पारेको थियो । नया बजारको सोसलग्राउण्डमा भएको अर्को खेलमा नेपाल पुलिसले विश्वविद्यालयलाई ३–१ ले हरायो ।
पुलिसले पहिलो र दोस्रो सेट क्रमश २५–२० र २५–१९ ले जित्दै अग्रता लिएको थियो । तेस्रो सेटमा पुलिस १९–२५ ले पछि पर्यो । चौथो सेटमा पुलिसले बिश्वविद्यालयलाई २५–११ ले रोक्दै नतिजा आफ्नो पक्षमा पा¥यो । त्यस्तै नेपाल आर्मी क्लबले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । आर्मीले जाउलाखेललाई हराउन २५–१६, २५–२० र २५–१६ को सेट लिएको थियो । त्यस्तै जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले ढोरपाटन ट्रेनिङ सेन्टरलाई ३–१ को सेटमा हरायो । जावलाखेलले पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पारे पनि दोस्रो सेटमा १७–२५ ले गुमाएको थियो । जावलाखेलले लगातर तेस्रो र चौथो सेट २५–१६ र २५–१७ ले जित्दै नतिजा आफ्नो पक्षमा पारेको थियो । प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव केशब कुमार विष्टले गरेका थिए । सो अवसरमा सदस्यसचिव विष्टले सबै क्षेत्रको सहयोग रहे नेपाली खेलकुदले छिटृै फड्को मार्ने विश्वास ब्यक्त गरे ।
विष्टले नेपाल भलिबल खेलको विकास केही माथी उठेको बताउदै राज्यले थप सहयोगका लागि पहल गर्ने बताए । २७ चैतसम्म संचालन हुने प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ । लिगकम नकआउटका आधारमा भएको प्रतियोगिताका सहभागि टिमलाई २ समूहमा बिभाजन गरिएको छ । समूह एमा एपीएफ,नेपाल पुलिस,विश्वबिद्यालयको टिम र आयोजक नया बजार सामाजिक क्लब रहेका छन् । त्यस्तै समूह बीमा आ“धीखोला स्पोर्टस क्लब, ढोरपाटन स्पोर्टस टे«निङ क्लब, जावलाखेल प्रशिक्षण केन्द्र र नेपाल आर्मी रहेका छन् । कुल १४ लाख ३५ हजार अनुमानित खर्च लाग्ने प्रतियोगिताको बिजेताले एक लाख २५ हजार १ सय ११ , दोस्रोले ७० हजार १ सय ११, तेस्रोले ४० हजार १ सय ११ ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछन् । यस्तै चौथोले १५ हजार १ सय ११ नगदसहित प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक पदमकुमार श्रेष्ठले जनाएका छन् । प्रतियोगिताको बेष्ट प्लेयरलाई ७ हजार तथा बिधागत उत्कृष्ट पा“च खेलाडीले नगद ५ हजार प्राप्त गर्नेछन् ।

Comment