बक्सिङ संघले खेलाडीलाई उपचार सहयोग गर्ने

नेपाल बक्सिङ संघले दुई अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी तथा प्रशिक्षकलाई उपचारार्थ आर्थिक सहयोग गर्ने भएको छ । पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी तथा आठौं सागका काश्य विजेता इन्द्र बहादुर राना मगर र पूर्व खेलाडी तथा प्रशिक्षक दीपक राईलाई जनही २५÷२५ हजार रुपैयाँ उपचारका लागि खर्च उपलब्ध गराउने निर्णय गरेको संघका अध्यक्ष राजीव श्रेष्ठले बताए ।
रानामगर आन्द्राको क्यान्सर र फोक्सोको उपचार गराइरहेका छन् भने दीपकले भारतमा क्यान्सरको उपचार गराइरहेका छन् । रानामगर २०५२ देखि २०५५ साल सम्म राष्ट्रिय च्याम्पियन समेत हुन् । संघले राष्ट्रिय खेलकुद परिषद्लगायत अन्य निकायलाई समेत आफ्ना पूर्व खेलाडी तथा प्रशिक्षकको उपचारका लागि सहयोग उपलब्ध गराइदिन अनुरोध गरेको छ । संघले यस अघि पनि पूर्व खेलाडी तथा प्रशिक्षकलाई उपचारका लागि सहयोग जुटाउँदै आएको छ । संघले यस अघि कृष्ममान, किशोर थापालगायतलाई उपचारका लागि सहयोग गरेको थियो ।

Comment