नया बजार कप राष्ट्रिय पुरुष भलिबल बुधबार देखि

नया बजार सामाजिक युवा क्लबले आयोजना गर्ने नया बजार कप राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताल बुधवारबाट सुरु हुने भएको छ । चैत्र २७ सम्म संचालन हुने प्रतियोगितामा आठ टिमको सहभागिता निश्चित भएको आयोजकले क्लबका अध्यक्ष भगवान थापाले प्रेस बिज्ञप्ति मार्फत जानकारी गराएका छन् । लिगकम नकाउटका आधारमा संचालन गरिने प्रतियोगिताका सहभागि टिमलाई २ समूहमा बिभाजन गरिएको छ । समूह एमा एपीएफ,नेपाल पुलिस,विश्वबिद्यालयको टिम र आयोजक नया बजार सामाजिक क्लब रहेका छन् । त्यस्तै समूह बीमा आ“धीखोला स्पोर्टस क्लब, ढोरपाटन स्पोर्टस टे«निङ क्लब, जावलाखेल प्रशिक्षण केन्द्र र नेपाल आर्मी रहेका छन् । कुल १४ लाख ३५ हजार अनुमानित खर्च लाग्ने प्रतियोगिताको बिजेताले एक लाख २५ हजार १ सय ११ , दोस्रोले ७० हजार १ सय ११, तेस्रोले ४० हजार १ सय ११ ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछन् । यस्तै चौथोले १५ हजार १ सय ११ नगदसहित प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक पदमकुमार श्रेष्ठले जनाएका छन् । प्रतियोगिताको बेष्ट प्लेयरलाई ७ हजार तथा बिधागत उत्कृष्ट पाँच खेलाडीले नगद ५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिता नया बजार सोसल ग्रउण्डमा हुनेछ ।

Comment