कराते टोली दुवई जाने

karate maheshe
युएईको दुवईमा आयोजना हुने अल अली खुला दुवई कराते २०१६, कराते १ प्रिमियर लिगमा नेपाली कराते टोलीले सहभागिता जनाउने भएको छ । दुवई कराते महासंघको आयोजनामा चैत्र २५ देखि ३० गते सम्म संचालन हुने प्रतियोगितामा मुकुन्द्र महर्जनले ६७ केजी तौल समूहमा र मन्डेकाजी श्रेष्ठले एकल कातामा प्रतिस्पर्धा गर्ने टिम प्रशिक्षक दीपक श्रेष्ठले जानकारी गराए । टोली नेतामा महेश रञ्जित र व्यवस्थापकमा सन्तोष श्रेष्ठ रहेका छन् । टोली बुधबार त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
एक लाख युएस डलर पुरस्कार राशी रहेको प्रतियोगितामा विश्वका उत्कृष्ट खेलाडीहरुको सहभागिता रहने प्रशिक्षक श्रेष्ठले बताए । पाँच सदस्यीय कराते टोलीलाई एक समारोहविच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले मंगबलबार विदाई गरे । टोलीलाई शुभकामना प्रदान गर्दै सदस्य सचिव विष्टले करातेमा विवाद रहेकाले खेल स्तर खस्केको तर्फ ईंगित गर्दै दुई संघ र महासंघको एकिकरणको नजिक पुगेको बताए । विदाई कार्यक्रममा नेपाल कराते महासंघका सदस्य श्रीनिवास बैद्य, प्रमुख प्रशिक्षक महेश श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

Comment