भूकम्प पीडितको सहयोगार्थ दौड

athe
गत बैशाखको भूकम्प कारण पीडित दोलखाको चरिकोटस्थित गौरीशंकर बाल गृहमा आश्रित अनाथ र असाहय बालवालिकाको सहयोगार्थ रामसुन्दर कार्की, राज प्रधान, नारायण आचार्य र डेविड जे. इन्ग्राम ललितपुरदेखि दोलखासम्म दौड्ने भएका छन् । ललितपुरको गोदामचौरदेखि दोलखासम्म करिब १ सय ४५ किलोमिटर दूरीको दौड उनीहरुले बैशाख १८ गते प्रारम्भ गर्ने कार्कीले जनाएका छन् ।
‘भूकम्पका कारण खुला आकाश मुनि बस्न बाध्य गौरीशंकर बालगृहमा आश्रितहरुका लागि भूकम्प प्रतिरोधी आवास निर्माणमा सहयोग पु¥याउने उद्देश्यले दौड्न लागेका हौं ।’– कार्कीले दौडिनुको उद्देश्य प्रकाश पार्दै भने ।
दौडमा सहभागी हुने मध्येका एक डेविडले ६४ हजार रुपैयाँ उपलब्ध गराएको पनि कार्कीले जनाएका छन् ।

Comment