शनिबार देखि रुपन्देहीमा राष्ट्रिय भलिवल प्रतियोगिता

volleyball butwale रुपन्देहीको सालझण्डी गाविसमा शनिबार देखि खुल्ला राष्ट्रिय भलिवल प्रतियोगिता सुरु हुँदै छ । नेकपा एमाले रुपन्देही क्षेत्र नं. ५ को आयोजनामा स्व. रामनाथ ढकालको स्मृतीमा हुन लागेको राष्ट्रिय भलिवल प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ ।शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजक नेकपा एमाले रुपन्देही क्षेत्र नं. ५ का अध्यक्ष कृष्णप्रसाद घिमिरेले प्रतियोगिताको तयारी सम्पुर्ण पुरा भएको र खेलाडिहरु पनि आईसकेको जानकारी दिए ।
प्रतियोगिताको एक कार्यक्रमका बीच विहान १० बजे नेकपा एमालेका स्थायी कमिटि सदस्य एवं पुर्व मन्त्री शंकर पोख्रेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पशुपती उच्च मा.विको खेल मैदानमा हुने प्रतियोगितामा विभागिय ३ टिम सहित ६ टिमको सहभागिता रहने अध्यक्ष घिमिरेले जानकारी दिए । प्रतियोगितामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, पश्चिमाञ्चल, मध्यमाञ्चल र आयोजक गरी ६ टिमको सहभागिता रहनेछ । आयोजक टिमले पश्चिमाञ्चलका उत्कृष्ट खेलाडिहरुलाई मैदानमा उत्रार्ने छ भने पश्चिमाञ्चल टिमले भारतका खेलाडिहरुलाई मैदानमा उत्रार्ने खेल संयोजक भरत सापकोटोले जानकारी दिए ।चैत २२ गते समापन हुने प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख १ हजार १ सय, द्धितिय हुनेले ५१ ह्जार १ सय तथा तृतीय स्थान प्राप्त गर्ने टिमले नगद ३१ ह्जार १ सय रुपैया प्राप्त गर्नेछन् ।
प्रतियोगिता अवलोकनका लागि कुनै पनि शुल्क नलाग्ने आयोजकले जनाएको छ ।

Comment