एपीएफलाइ भलीबल उपाधि

vlleyballe
‘सशस्त्र प्रहरी महानिरीक्षक तेस्रो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता–२०७२’ को उपाधि आयोजक टोली एपीएफले जितेको छ । अन्तिम खेलमा नेपाल एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई २५–०८, २५–२३ र २५–२० ले पराजित गरी उपाधि जितेको हो । पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघले प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ ।
कायम मुकायम सशस्त्र प्रहरी महानिरीक्षक राईले सो प्रतियोगितामा प्रथम हुन सफल नेपाल एपीएफ क्लबलाई दुई लाख ५० हजार रुपैयाँसहित मेडल तथा ट्रफि प्रदान गरे । प्रतियोगितामा दोस्रो हुने नेपाल पुलिस क्लबले एक लाख २५ हजार रुपैयाँ, मेडल, ट्रफि तथा तेस्रो हुने पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघले ५० हजार रुपैयाँ, मेडल र ट्रफि प्राप्त गरेको छ ।प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी नेपाल एपीएफ क्लबकी उषा बिष्टलाई पुरस्कार स्वरुप एक थान स्कुटर प्रदान गरिएको छ । प्रतियोगिताको उत्कृष्ट स्पाइकर नेपाल पुलिस क्लबकी कोपिला उप्रेती, उत्कृष्ट सर्भर नेपाल एपीएफ क्लबकी नेविका चौधरी, उत्कृष्ट डिफेन्स नेपाल पुलिस क्लबकी शान्ति तामाङ, उत्कृष्ट ब्लकर एपीएफ क्लबकी सरस्वती चौधरी, उत्कृष्ट सेटर पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघकी शशी चौधरी र उत्कृष्ट प्रशिक्षक एपीएफ क्लबका सुदेश रिमाललाई जनही पाँच हजार रुपैयाँ, ट्रफि तथा सामसुङ मोवाइल र घडी पुरस्कार प्रदान गरिएको छ ।
यसैगरी नवप्रतिभा खेलाडीतर्फ नेपाल एपीएफ क्लबकी निशाना बलालले १० हजार रुपैयाँ प्राप्त गरेकी छन् ।
१५ देखि १९ चैतसम्म संचालित सो प्रतियोगितामा नेपाल एपीएफ क्लबसहित नेपाल पुलिस क्लब, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ, ढोरपाटन स्पोर्टस टे«निङ्ग सेन्टर र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको टिम गरी कूल पाँचवटा टिमको सहभागिता रहेको थियो ।

Comment