पुलिस र एपीएफ विच उपाधि भिडन्त

apf volleye
‘सशस्त्र प्रहरी महानिरीक्षक तेस्रो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता–२०७२’ को बिहीबार भएको खेलमा नेपाल पुलिस क्लब, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ र ढोरपाटन स्पोर्टस टे«निङ सेन्टर बिजयी भए । बिहिबार भएको खेलमा नेपाल पुलिस क्लबले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–११, २५–१७ र २५–१२ ले पराजित गरेको छ ।
यसैगरी अर्को खेलमा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघले ढोरपाटन स्पोर्टस टे«निङ सेन्टरलाई २५–१०, २५–१० र २५–०९ ले पराजित गरेको छ भने ढोरपाटन स्पोर्टस टे«निङ सेन्टरले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–१६, २५–२२ र २५–२३ ले पराजित गरेको छ ।
शुक्रबार एपीएफ क्लब र नेपाल पुलिस क्लब वीच उपाधिका लागि खेल हुने छ । सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा संचालन भईरहेको सो प्रतियोगितामा नेपाल एपीएफ क्लबसहित कूल पाँच टिमको सहभागिता रहेको छ । प्रतियोगिता राउण्ड रोविनको आधारमा सांलन भईरहेको छ ।

Comment