पुलिस र एपीएफको जित

volleyball police1
‘सशस्त्र प्रहरी महानिरीक्षक तेस्रो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता–२०७२’ को बुधबार भएको खेलमा नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब बिजयी भए । बुधबार भएको खेलमा नेपाल पुलिस क्लबले पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघलाई २६–२४, २६–२४, २३–२५ र २६–२४ ले पराजित गरेको छ । अर्को खेलमा नेपाल एपीएफ क्लबले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–०८, २५–०७ र २५–०६ ले पराजित गरेको छ । प्रतियोगिताको बिहीबारको खेल नेपाल पुलिस क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र वीच हुने कार्यक्रम रहेको छ । यसैगरी बिहीबार नै प्रतियोगिताको दोस्रो खेल पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ र ढोरपाटन स्पोर्टस टे«निङ सेन्टर वीच हुनेछ ।
सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा संचालन भईरहेको सो प्रतियोगितामा नेपाल एपीएफ क्लबसहित नेपाल पुलिस क्लब, ढोरपाटन स्पोर्टस टे«निङ्ग सेन्टर, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको टिम गरी कूल पाँच टिमको सहभागिता रहेको छ ।

Comment