राष्ट्रिय खुला बक्सिङ प्रतियोगिता हुने

अखिल नेपाल खेलकुद संघले ७ देखि ११ बैशाखसम्म बुढानिकण्ठमा नेपाल बक्सिङ संघको तत्वाधानमा राष्ट्रिय खुला बक्सिङ प्रतियोगिता आयोजना गर्ने भएको छ । सो राष्ट्रिय स्तरको प्रतियोगितामा पुरुषको ८ तौल समूह र महिलाको ८ तौल समूह समावेश गरिने छ । पुरुषतर्फ ४९ केजी, ५२ केजी, ५६ केजी, ६० केजी ६४ केजी, ६९ केजी, ७५ केजी र८१ तैल केजी समूह समावेश छ । त्यसैगरि महिलातर्फ ४८ केजी, ५१ क्ेजी, ५४ केजी, ५७ केजी, ६० केजी, ६४ केजी, ६९ केजी र ७५ केजी तौल समूहको प्रतिस्पर्धा हुने छ ।
प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर १९ बर्ष पुरा भइ ४० बर्षभित्रको हुनुपर्ने छ । प्रतियोगितामा सबै विभागिय टिम, क्षेत्रिय टिमहरुलाई समेत आमन्त्रण गरिएको छ भने अन्य बक्सरहरुले समेत प्रतिस्पर्धामा उत्रने अवसर प्राप्त गर्ने छन् ।
यस राष्ट्रिय खुला बक्सिङ प्रतियोगितामा १ सय ५० जना खेलाडीको सहभागीता हुने अपेक्षा आयोजकको छ ।

Comment