नेपालको विजयी सुरुआत

basketballe
दक्षिण एसियाली क्षेत्रमै पहिलोपटक आयोजना गरिएको प्रथम दक्षिण एसियाली महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले मंगलबार विजयी सुरुआत गरेको छ ।राउन्ड रोविन लिगको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशलाई ९२–२६ ले सहजै पराजित ग¥यो । नेपालको जितमा स्नेहा श्रेष्ठले २५ अंक योगदान गरिन् । बंगलादेशकी नताशाले ८ स्कोर गरिन् ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा नेपालले चारै क्वाटरमा अग्रता लिएको थियो । सुरुमा नेपालले २०–१० को अग्रता लियो । नेपालले दोश्रोमा २०–३, तेश्रोमा ३१–४ र चौथोमा २१–९ को प्रदर्शन ग¥यो ।
यसअघि पहिलो खेलमा सहज जित हात पार्ने क्रममा श्रीलंकाले माल्दिभ्सलाई १०५–३९ ले हरायो । श्रीलंकाकी सिल्भा कुमारिनले २५ अंक जोडिन् भने माल्दिभ्सकी राइपा इब्रालिनले ६ अंक बटुलिन् ।प्रतियोगिताको नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे ।नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगितामा नेपालसहित पाँच राष्ट्र सहभागी छन् । प्रतियोगिताअन्तर्गत बुधबार भुटान र श्रीलंका तथा माल्दिभ्स र नेपालबीच खेल हुनेछ । प्रतियोगिता शनिबारसम्म चल्नेछ ।

Comment