राष्ट्रिय लिग भलिबल झापामा हुने

volleyball durgae
सर्वाधिक पुरस्कार राशिको तेस्रो राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगिता बैशाख पहिलो साता झापाको धाईजन–दुवागढीमा हुने भएको छ । नेपाल भलिबल संघ र विहानी बचत तथा क्रृण सहकारी संस्था लिमिटेडको संयुक्त आयोजना वैशाख २ देखि ५ सम्म संचालन हुने प्रतियोगिको मुख्य प्रायोजन सोनिया घर घडेरी खरिद बिक्री केन्द्र, दुवागढीका संचालक नरेन्द्र मेचेले गरेका छन् । प्रतियोगितामा पुर्वाञ्चल क्षेत्रीय भलिबल संघ,मध्यमाञ्चल क्षेत्रीय भलिबल संघ, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, नेपाल आर्मी क्लब, जावलाखेल भलिबल ट्रेनिङ सेन्टर र ढोरपाटन भलिबल प्रशिक्षण केन्द्र सहित आठ टिमले सहभागिता जनाउने मंगलवार पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारीे गरायो ।
प्रतियोगिताको विजेताले ३ लाख १५ हजार,उपबिजेताले १ लाख७५ हजार तथा तेस्रो हुनेले १ लाख १०हजार रुपैया प्राप्त गर्ने छन् । त्यस्तै सर्वाेत्कृष्ट खेलाडीले २५ हजार रुपैया प्राप्त गर्ने नेपाल भलिबल संघका अध्यक्ष दानवहादुर तामाङले जनाएका छन् । अध्यक्ष तामाङले प्रतियोगिताको लागि आर्मी क्लबले आयोजना गरेको प्रधान सेनापति कप भलिबल प्रतियोगितालाई आधार मानेर टिम छनोट गरिएको बताए । प्रतियोगितामा एक टिमबाट चार विदेशी खेलाडीलाई अनुबन्धन गर्न सकिने आयोजक नेपाल भलिबल संघका महासचिव जितेन्द्रवहादुर चन्दले बताए । प्रतियोगिता सम्पन्न गर्न करिव २१ लाख रुपैया खर्च लाग्ने विहानी बचत तथा क्रृण सहकारी संस्था लिमिटेडका सचिव नरेश मोहराले बताए । प्रतियोगिताको दोश्रो पुरस्कारको सौजन्य आफ्नी छोरी रंजना कन्दङ्गवा(योङ्गहाङ) को स्मृतिमा बुवा रामकुमार कन्दङ्गवाले गरेका छन् । प्रतियोगिताको प्रायोजकमा सुर्य एग्रो एण्ड सुर्य पल्र्स तथा सह–प्रायोजकहरुमा कालिका सामुदायिक वनउपभोक्ता समिति, बाँसबारी सामुदायिक वन उपभोक्ता समिति र हातेमाला् सामुदायिक वनउपभोक्ता समिति रहेका छन् । पत्रकार सम्मेलनमा आयोजकका सचिव मोहरालाई प्रतियोगितामा प्रयोग गरिने तीन थान बल हस्तान्तरण गरिएको थियो । सो अवसरमा नेपाल भलिबल संघका सचिव द्धयटिएस ठकुरी, मदन खड्का, सदस्य लेखनाथ न्यौपाने लगायत झापा जिल्ला भलिबल संघका सदस्यहरुको उपस्थिति रहेको थियो ।

Comment