एपीएफ र पश्चिमाञ्चलेको जित

ladies volleyballe
‘सशस्त्र प्रहरी महानिरीक्षक तेस्रो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता–२०७२’ को मंगलबार भएको खेलमा नेपाल एपीएफ क्लब र पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ बिजयी भए । एपीएफ क्लबले ढोरपाटन स्पोर्टस टे«निङ्ग सेन्टरलाई २५–११, २५–०४ र २६–०९ ले पराजित गरेको हो । अर्को खेलमा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको टिमलाई २५–०६, २५–०७ र २५–१३ ले पराजित गरेको हो ।
सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा संचालन भईरहेको प्रतियोगितामा नेपाल एपीएफ क्लबसहित नेपाल पुलिस क्लब, ढोरपाटन स्पोर्टस टे«निङ्ग सेन्टर, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको टिम गरी कूल पाँच टिमको सहभागिता रहेको छ ।

Comment