आयोजक एपीएफको विजयी सुरुवात

volley balle
‘सशस्त्र प्रहरी महानिरीक्षक तेस्रो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता–२०७२’ सुरु भएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक सिंहबहादुर श्रेष्ठले १५ चैतमा १५ गते सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा प्रतियोगिताको शुभारम्भ गरे । सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा संचालन हुने उक्त प्रतियोगितामा नेपाल एपीएफ क्लबसहित नेपाल पुलिस क्लब, ढोरपाटन स्पोर्टस टे«निङ्ग सेन्टर, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको टिम गरी कूल पाँच वटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद दुई लाख पचास हजार रुपैयाँ तथा द्वितिय हुनेलाई नगद एक लाख पच्चीस हजार रुपैयाँ र तृतीय हुनेलाई नगद ५० हजार रुपैया पुरस्कार प्रदान गरिने छ । यसैगरी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कार स्वरुप एक थान स्कुटर प्रदान गरिनुका साथै उत्कृष्ट स्पाइकर, सर्भर, डिफेन्स, ब्लकर, सेटर र उत्कृष्ट प्रशिक्षकलाई समेत जनही पाँच÷पाँच हजार रपैयाँ पुरस्कारको व्यवस्था गरिएको कुरा त्यसअवसरमा जानकारी दिइएको थियो ।
प्रतियोगिताको उद्घाटन खेलमा नेपाल एपीएफ क्लबले २५–१०, २५–१९ र २६–२४ को सोझो सेटमा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघलाई पराजित गरेको हो । अर्को खेलमा नेपाल पुलिस क्लबले ढोरपाटन स्पोर्टस टे«निङ्ग सेन्टरलाई २५–११, २५–१४ र २५–०९ ले पराजित गरेको छ ।

Comment