हिटिङ पौडीको डिपीआर सम्झौता

swimminge
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बन्ने हिटिङ पौडी पोखरीको डिपीआर (डिटेल प्रोजेक्ट रिपोर्ट) तयार गर्न नेपाल पौडी संघ र टिसा ज्वेल्सबीच आइतबार सम्झौता भएको छ । पौडी संघका अध्यक्ष अशोक वज्राचार्य र टिसाका प्रमुख कार्यकारी अधिकृत सागर शाक्यले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।सम्झौता अनुसार टिसाले डिपीआर तयार गर्न लाग्ने १० लाख खर्च व्यहोर्ने भएको छ । डिपीआर तयार गर्ने जिम्मा जोन स्यान्डी एसोसिएसनलाई दिएको छ ।
सोको सम्झौता पत्रमा पनि आइतबारै हस्ताक्षर भयो । स्यान्डीका कार्यकारी निर्देशक सुरेन्द्र वज्राचार्य र टिसाका प्रमुख कार्यकारी निर्देशक शाक्यले सोही कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर गरे ।स्यान्डीले बैशाख मसान्त भित्र डिपीआर तयार गरी उपलब्ध गराउने र त्यसपछि निर्माण कार्यलाई अगाडि बढाइने अध्यक्ष वज्राचार्यले जानकारी गराए । दुई वर्षभित्र हिटिङ पौडी पोखरी तयार गर्ने लक्ष्य रहेको वज्राचार्यले बताए ।हिटिङ पौडी पोखरी निर्माण गर्न राष्ट्रिय खेलकुद परिषद् र पौडी संघबीच गत भदौ ५ गते सम्झौता भएको थियो । अध्यक्ष वज्राचार्यका अनुसार कुल लागतको ८० प्रतिशत नेपाल सरकारले व्यहोर्ने छ भने बाँकी २० प्रतिशत पौडी संघले व्यवस्थान गर्ने छ ।

Comment