भारतकी नम्बर एक ट्रायथलन खेलाडी प्रशिक्षणका लागि नेपालमा

unnamede
भारतीय चर्चित तथा नम्बर एक ट्रायथलन खेलाडी पुजा चौरसीया विशेष प्रशिक्षणका लागि नेपाल आइपुगेकी छन् । उनी सोमबार ट्रायथलन प्रशिक्षण लिनका लागि काठमाडौं आइपुगेको नेपाल ट्रायथलन संघले जनाएको छ । । रियो ओलम्पिकमा छनोट हुने तयारीमा रहेकी पुजाले नेपाली राष्ट्रिय टिमसँग बसेर नेपाली ट्रायथलन टिमका राष्ट्रिय प्रशिक्षक पिटर जाकोब्सेनसँग २२ मार्चदेखि १८ अप्रिलसम्म विशेष प्रशिक्षण लिने कार्यक्रम रहेको छ । ‘नेपाल ट्रायथलन संघको ट्रेनिङबाट प्रभावित भएर उनीहरुले हाम्रोमा ट्रेनिङ गर्ने प्रस्ताव राखे मैले सहर्ष स्विकारे ।’ नेपाल ट्रायथलन एसोसिएसनका महासचिव निलेन्द्रराज श्रेष्ठले भने, ‘हाम्रो प्रशिक्षण अन्तर्राष्ट्रियस्तरको रहेको यसले पुष्टि गरेको छ ।’
पुजाको ट्रेनिङ अवधिका लागि लाग्ने खर्च इन्डियन स्पोर्टस काउन्सिलले ब्यहोर्ने छ । पुजाले १६ अप्रिलमा पोखराको फेवा तालमा हुने चौथो दक्षिण एसियाली ट्रायथलन च्याम्पियनसिमा समेत प्रतिस्पर्धा गर्ने छिन् । अहमावादकी पुजा सात पटकी राष्ट्रिय च्याम्पियन हुन् । पुजा चौरसीले पहिलो पटक पोखरामा भएको दक्षिण एसियाली ट्रायथलन च्याम्पियनसिपको स्प्रिन्टतर्फ स्वर्ण पदकसमेत जितेकी थिइन् । उनले त्यतिबेला ७ सय ५० मिटर पौडी, २० किलोमिटर साइक्लिङ र ५ िकलोमिटर दौड एक घन्टा ४५ मिनेटमा पुरा गरेकी थिइन् ।
उनीले काजकिस्तानमा २०१० मा को एसियन कप जुनियर ट्रायथलनमा रजत र त्यसभन्दा अघिल्लो संस्करणमा काश्य पदक जितेकी थिइन् । भारतका लागि ट्रायथलनमार्फत पदक दिलाउने उनी नै पहिलो महिला खेलाडी हुन् । उनले गोन्जाउ, चीनमा भएको १६ औ एसियाडमा समेत सहभागीता जनाएकी थिइन् । नेपालमा छोटो समयमा नै ट्रायथल खेलको विस्तार भएको छ । त्यसैगरि संघको पहलमा विदेशी प्रशिक्षक जिकाएर भएको ट्रेनिङ दक्षिण एसियाकै उत्कृष्ट रहेको बताइएको छ । भर्खरै गुवाहाटी र सिलोृङमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुदमा नेपालले ट्रायथलनबाट पहिलो सहभागीतामा नै पदक जितेको थियो ।

Comment