पोखरामा पदक विजेताको सम्मान

pokhara e
भारतमा सम्पन्न १२ औ दक्षिण एशियाली खेलकुद (साग)मा पदक विजेता खेलाडीलाई पोखरामा सम्मान गरिएको छ । कास्कीबाट विभिन्न खेलमा सहभागित भई पदक विजेता खेलाडीलाई पोखरा उपमहागनरपालिकाको सहयोग, क्षेत्रिय खेलकुद विकास समितिको संयोजन र कास्की जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको सम्मान कार्यक्रममा शुक्रबार पोखरामा सम्मान गरिएको हो ।
फुटबलको स्वर्ण विजेता टोलीमा पोखराका मनबहादुर तामाङ र हेमन्त गुरुङ सदस्य थिए । त्यसैगरी उसुमा रजत पदक जित्न सफल झरना गुरुङ र महिला भलिबलमा कास्य पदक प्राप्त गर्न सफल मन्जु गुरुङ, अरुणा शाही र मनिषा चौधरीलाई सम्मान गरियो । पुर्व राष्ट्रिय बक्सिङ खेलाडी चित्रबहादुर गुरुङ, पोखरा उपमहानगरपालिकका कार्यकारी अधिकृत झलकराम अधिकरी, क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल र जिल्ला अध्यक्ष यामबादुर गुरुङ लागयतले १० हजार रुपैया सहित सम्मानपत्र र दोसल्लाले सम्मान गरे । मन्जु, झरना र शाही कास्की वर्ष महिला खेलाडीबाट समेत सम्मानित भइसकेका छन् । सोही कार्यक्रममा सागमा सहभागी उसुका प्रशिक्षक अरुण दत्त र भलिबल प्रशिक्षक कौशिला खत्रीलाई पनि १० हजार रुपैया सहित सम्मान गरियो । यसैवीच आगामी १३ औ साग खेलकुद पोखरामा आयोजना गर्न पोखरेलीले माग गरेका छन् । सम्मान कार्यक्रमसंगै १३ साग पोखरामा गर्न आयोजा गरिएको अन्र्तरक्रिया कार्यक्रममा बोल्ने बत्ताहरुले पोखराले साग खेलकुद गर्न सक्षम रहेको दावी गरे ।
क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पोखरा रगंशालमा आवश्यक पूर्वाधार विकास भैरहेकाले दुई वर्षपछि हुने साग पोखरामा गर्न सकिने बताए । कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङको अध्यक्षतमा भएको कार्यक्रमको संचालन कार्याल प्रमुख प्रकाश बराल लगायतले गरेका थिए ।

Comment