भलिबल खेलाडी छनोट

भारतमा हुन लागेको सेन्ट्रल जोन भलिबलका लागी नेपाल भलिबल संघले महिला तथा पुरुष खेलाडी छनोट गरेको छ । संघले छनोट गरेको दुबै टोलीमा समान १७ खेलाडी रहेको छन । छनोट भएका खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने तयारी भैरहेका संघले बताएको छ । प्रतियोगिता चैतको दोस्रो साता देखी भारतमा हुने भनेपनि केहि दिनको लागी स्थगित भएको छ । छनोट हुने सफल पुरुष टोलीमा धन बहादुर भट्ट, मान बहादुर श्रेष्ठ, दिल सुनार, भैरब बहादुर बम, भुवन कार्की, नरेन्द्र गिरी, हरी हजुर थापा, दुर्गा महतो, इश्वर थापा मगर, इम राना मगर, कुल बहादुर थापा, सञ्जय अर्याल, चन्द्र कुवर, देवराज शर्मा, महेन्द्र श्रेष्ठ, पुष्प जंग मल्ल र विजय थापा टोलीमा परेको छन् ।

महिला टोलीमा सरस्वती चौधरी, नेविका चौधरी, उषा विष्ट, चन्दा राना, रेश्मा भण्डारी, बिनिता बुढाथोकी, मञ्जु गुरुङ, अरुणा शाही, मनिषा चौधरी, हिरा केसी, प्रतिभा माली, कृपा अधिकारी, सलिना श्रेष्ठ, कोपिला उप्रेती, कमला पुन, निमा श्रेष्ठ र जानकी भण्डारी परेको छन । पुरुष खेलाडीको छनोट प्रथम प्रधान सेनापती कप भलिबल र महिलाको छनोट भने खुला रुपमा गरिएको हो ।

Comment