एपीएफले लनटेनिस, ब्याडमिन्टन र भलीबल प्रतियोगिता आयोजना गर्ने

krishna mohanसशस्त्र प्रहरी बल केन्द्रिय खेलकुद समितिको आयोजनामा यही चैत्र महिनामा ‘बाह्रौं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला व्याडमिन्टन प्रतियोगिता–२०७२’, ‘आठौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता–२०७२’ तथा ‘सशस्त्र प्रहरी महानिरीक्षक तेस्रो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता–२०७२’ संचालन हुने भएको छ ।प्रतियोगिताको कूल पुरस्कार राशी सात लाख ४० हजार रुपैयाँ, सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिताको कुल पुरस्कार राशी छ लाख ७८ हजार रुपैयाँ र सशस्त्र प्रहरी महानिरीक्षक तेस्रो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिताको कुल पुरस्कार राशी चार लाख ५५ हजार रुपैयाँ रहेको छ ।  राष्ट्रिय स्तरको प्रतियोगिता ब्याडमिन्टनमा भागलिनको लागि खेलाडीले एकल इभेन्ट्समा पाँच सय रुपैयाँ तथा युगल इभेन्ट्समा एक हजार रुपैयाँ तिरेर आवेदन फर्म भर्नुपर्ने हुन्छ ।
यस पटक देखि प्रतियोगिताको मुख्य खेल तालिकामा प्रवेश गर्न पूर्व रेङ्किङ्ग खेलाडीहरु बाहेक अन्य खेलाडीहरुले क्वालीफाईङ्ग राउन्ड खेल्नुपर्ने छ । २१ देखि २६ चैतसम्म संचालन हुने यस प्रतियोगितामा कूल ११ इभेन्ट्स समावेश गरिएको छ । २१ चैतबाट नै संचालन हुने आठौ सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगितामा कुल १४ इभेन्टदेखि २६ चैत समावेश गरिएको छ । उक्त प्रतियोगिता सशस्त्र प्रहरी बल प्रधान कार्यालय परिसर भित्र रहेको नेपाल एपीएफ क्लवको लनटेनिस कोर्ट र सातदोवाटो स्थित अखिल नेपाल लनटेनिस कोर्टमा संचालन गरिने छ । कुनैपनि एकल इभेन्ट्समा एक हजार रुपैयाँ तथा युगल इभेन्ट्समा एक हजार पाँच सय रुपैयाँ तिरेर आवेदन फर्म भर्नुपर्ने हुन्छ ।
१५ चैत १५ गतेबाट संचालन हुने सशस्त्र प्रहरी महानिरीक्षक तेस्रो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगितामा उपत्यका बाहिरबाट सहभागी हुन आउने टिमको हकमा प्रतिव्यक्ति प्रतिदिन रु एक हजारको दरले प्रतियोगिता सुरु हुन भन्दा एक दिन अगाडी सम्म र खेल समाप्त भएको एकदिन पछिको भत्ता तथा आते÷जाते बस भाडा उपलब्ध गराइने बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।   सो प्रतियोगिताका सम्पूर्ण खेलहरु अन्तराष्ट्रिय भलिबल महासंघको नियममा रहि नेपाल भलिबल संघको प्राविधिक सहयोगमा राष्ट्रिय तथा अन्तरष्ट्रिय रेफ्रीद्धारा संचालन गरिने तथा खेल लिगकम नकआउट प्रणालीमा वेष्टअफ फाइबमा खेलाइने छ ।

Comment