गौतम र सरु प्रथम

शिद्धार्थ बनस्थलीका गौतम श्रेष्ठ र विजेश्वरी ज्ञान मन्दिरकी सरु खवास आठौं राष्ट्रपती रनिङ्ग शिल्ड अन्तरगत काठमाण्डौ जिल्ला छनोटको १०० मिटर दौडमा प्रथम भएका छन् । गौतमले १०० मिटरको दूरी १२.७ र छात्रा तर्फ सरुले १४.६९ सेकेन्डमा पुरा गरे । छात्र तर्फ शिद्धार्थकै सुशान्त चौधरी र लेबोरेटरीका अनन्त अधिकारी क्रमशः दोश्रो र तेश्रो भए । छात्रा तर्फ कन्या मन्दिरकी रुपा अधिकारी दोश्रो र बुढानिलकन्ठकी मनिषा न्यौपाने तेश्रो भईन् ।
२०० मि.मा छात्र तर्फ शिद्धार्थका गौतम श्रेष्ठले २४.७२ से.का साथ प्रथम, रिपुमर्दनीका युक्त कुृमार श्रेष्ठ दोश्रो र बुढानिलकन्ठका विकी चौधरी तेश्रो भए । छात्रा तर्फ विजेश्वरीकी मेलिना श्रेष्ठ ३१.१४ से का साथ प्रथम र सरिता ईटनी दोश्रो तथा कन्या मन्दिरकी रुपा अधिकारी तेश्रो भए ।
३०० मिटरमा छात्र तर्फ एपिएफका अमित कुमार यादव पहिलो र आश्वासन मित्र दोश्रो तथा बुढानिलकन्ठका दिक्षान्त श्रेष्ठ तेश्रो भए । छात्रा तर्फ सितापाईला उमाबिकी डुमी बुढामगर पहिलो, विजेश्वरीकी सुजाता दलामी दोश्रो र एपिएफकी सिल्भिया वोगटी तेश्रो भईन् ।
काठमाण्डौ जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको ४०० मिटर दौडमा बुढानिलकन्ठकी मनिषा न्यौपाने १ मिनट १३.०८ सेकेन्डका साथ प्रथम भईन् । छात्र तर्फ एपिएफका उज्जल खरेल ५९.७३ सेकेन्डका साथ स्वर्ण प्राप्त गर्न सफल भए । सो स्पर्धामा छात्रा तर्फ विजेश्वरीका रोशनी श्रेष्ठ र सरिता इटनी तथा छात्र तर्फ रिपुमर्दनीका युक्त श्रेष्ठ र बुढानिलकन्ठका आदर्श खड्काले रजत र कास्य पाए । ८०० मिटरको छात्रमा एपिएफका उज्जल खरेल २ मि. १८.६४ से. र छात्रामा विजेश्वरीकी सुनिता श्रेष्ठ २ मि. ४१.५१ से का साथ प्रथम भए ।यस्तै सटपुटमा छात्र तर्फ ब्राईट होराईजनका पासाङ्ग शेर्पाले १२.४५ र छात्रा तर्फ दावा डोल्मा योन्जनले ८.८८ मिटर टाढा फाक्दै स्वर्ण प्राप्त गरे । सो स्पर्धामा रिपुमर्दनीका आशिष थिङ्ग र गान्धिका शम्भु फुटाल छात्र तर्फ र छात्रा तर्फ बुढानिलकन्ठका प्रशन्ना राई र प्यारामाउन्टकी श्रृष्टि खड्गी दोश्रो र तेश्रो भए । ट्रिपल जम्पमा छात्र तर्फ रिपुमदनीका अजय गुरुङ्ग १२.३४ र छात्रा तर्फ विजेश्वरीकी सरिता ईटनीले ८.८३ मिटर हाम फाल्दै स्वर्ण प्राप्त गरे ।
ज्याभ्लिन थ्रोमा गान्धि स्कुलका शम्भु फुयाल र विजेश्वरीकी सरिता थापा प्रथम भए । उनीहरुले क्रमशः ३६.३३ र २२.९६ मिटर फाल्दै स्वर्ण प्राप्त गरेका थिए । ४ गुणा १०० मिटर रिले दौडमा छात्र तर्फ शिद्धार्थ बनस्थलीले ३ मिनट ५५.८५ सेकेन्डका साथ स्वर्ण प्राप्त गर्दा बुढानिलकन्ठ दोश्रो र रिपुमर्दनीले तेश्रो स्थानमा चित्त बुझायो । यस स्पर्धाको छात्रा तर्फ विजेश्वरीले ४ मि. ४९.६० सेकेन्डमा दूरी पुरा गर्दै स्वर्ण प्राप्त ग¥यो । बुढानिलकन्ठ दोश्रो र कन्यामन्दिरले तेश्रो स्थान कब्जा ग¥यो ।

Comment