एपीएफलाई मदन–पासाङ स्मृति महिला भलिबलको उपाधि

mali1apf2
मदन–पासाङ्क स्मृती प्रथम राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि बुधवार एपीएफले जितेको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीले आयोजना गरेको प्रतियोगिताको उपाधि भिड्न्तमा एपीएफले न्यु डायमण्ड एकेडेमीलाई ३–२ को सेटमा हराउदै उपाधि जित्न सफल भयो । घरेलु कोर्टमा पहिलो सेट २५–२१ ले जितेको थियो । दोश्रो सेट एपीएफले २५–२३ ले जित्दै खेल १–१ को बराबरी बनायो । तेश्रो सेट पनि एपीएफले २५–२१ ले आफ्नो नाममा पादै २–१ को अग्रता लियो । चौथो सेटमा न्यु डायमण्डले खेलमा फकैदै २५–२० ले सेट निकाल्दै २–२ को बराबरी बनायो । निर्णायक सेटमा एपीएफले १५–१० ले बाजि मादै उपाधि चुम्यो ।
न्यु डायमण्ड एकेडेमीमा भएको तेश्रो स्थानको खेलमा पुलिसले पश्चिमाञ्चललाई २५–२२,२५–२३,१७–२५ र २५–७ को सेटमा हरायो । प्रतियोगितामा न्यु डायमण्ड एकेडेमीकी प्रतिभा माली सर्वोकृष्ट खेलाडि चुनिईन् । त्यस्तै बिद्यागत उत्कृष्टमा न्यु डायमण्डकी कृपा अधिकारी उत्कृष्ट सेटर र ललिता नाथ उत्कृष्ट क्विइक स्पाईकर भए । त्यसैगरि एपीएफकी सरस्वती चौधरी उत्कृष्ट स्पाईकर,उषा बिष्ट उत्कृष्ट ब्लकर चुनिए । नेपाल पुलिस क्लबकी कमला पुनले उत्कृष्ट डिफेन्सको उपाधि जित्दा पश्चिमाञ्चलकी अरुणा शाहि उत्कृष्ट र्सभर चुनिइन् । प्रतियोगिताकी सर्वोकृष्ट खेलाडि प्रतिभा मालीलाई ढोरपाटन प्रशिक्षण क्लबकी कोषाध्यक्ष छलकुमारी छन्त्यालले ५ हजार रुपैया सौजन्य गरिन् । त्यस्तै पुर्व राष्ट्रिय खेलाडि नेपाल सामान ढुवानी ब्यावसायी संघका सचिव अरुण श्रेष्ठले उत्कृष्ट स्पाईकरका लागि प्रयोजन गरेका थिए । प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ सहित मेडल, ट्रफी, दोस्रोले ३५ हजार, तेस्रोले २५ हजार र चौथोले १० हजार पुरस्कार प्राप्त गरे ।
बिद्यागत उत्कृष्ट खेलाडिले नगद २ हजार ५ सय प्राप्त गरे । बिजेतालाई युवा तथा खेलकुद मन्त्री सत्यनारयण मण्डल,सूचना तथा संञ्चार मन्त्री शेरधन राई,नेपाल भलिबल संघका उपाध्यक्ष मनोरञ्जन रमण शर्मा, महासचिव जितेन्द्रवहादुर चन्द,शेरवहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष रन्जन खड्का, गोल्डेन गेट कलेजका सिईयो रमेश शिलवाल,मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष सभासद बिनोद श्रेष्ठलगायतले खेलाडिलाई पुरस्कृत गरेका थिए । ३ दिने प्रतियोगितामा ६ टिमको सहभागिता रहेको थियो ।

Comment