फुपुले जितिन स्वर्ण

phupu1
हंगेरीमा प्रशिक्षणमा रहेकी जुडो खेलाडी फुपु ल्हामु खत्रीले बुढापेष्टमा आयोजित हंगेरी खुला जुनियर जुडो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छिन् । रियो ओलम्पिकको तयारीको क्रममा हंगेरीमा रहेकी उनले ६३ केजी तौलको फाईनलमा हंगरीकी नागी हेनरियत्तालाई वाजारी ओसाईकोमाईको आधारमा पराजित गर्दै स्वर्ण प्राप्त गरेकी हुन् ।
नेपाल जुडो संघका अध्यक्ष दीपक हर्ष बज्राचार्यले जनाए अनुसार १२ औं दक्षिण एशिाली खेलकुदमा समेत स्वर्ण पदक प्राप्त गर्न सफल उनले सेमिफाइनलमा हंगेरीकै बालोघ सारालाई वाजारी र क्वाटरफाइनलमा किरेकेश ग्रेटालाई इप्पोनमा पराजित गर्दैै फाईनल सम्मको यात्रा तय गरेकी थिईन् ।उनीले ६ मार्चमा भएको प्रतिोगितामा उनको तौलमा सात खेलाडीको सहभागित रहेको थियो ।

Comment