मदन भण्डारी एकेडेमीले राष्ट्रिय महिला भलिबल गर्ने

ladis volleyball2
मदन भण्डारी स्पोर्टस एकेडेमीले पहिलो पटक राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता गर्ने भएको छ । सोमबार देखी हुने प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, न्यु डायमन्ड एकेडेमीको ए र बी टिम, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ पोखरा, सेन्ट डेभीस एकेडेमीले प्रतिस्पर्धा गर्ने आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीकोे अध्यक्ष बिनोद श्रेष्ठले बताए । प्रतियोगिता एकेडेमीले आफनो सातौं स्थापना दिवसको अवसरमा गर्न लागेको हो । प्रतियोगिता अन्तराष्ट्रिय श्रमीक महिला दिवसको अवसरमा प्रथम मदन पासाङ्क स्मृती राष्ट्रिय महिला भलिबल प्रतियोगिता गर्नेछ ।

लिगकम नकआउटमा हुने प्रतियोगिता फागुन २६ गते सम्म चल्ने छ ।प्रतियोगिता न्यु डायमन्ड एकेडेमी स्कुलको मैदानमा हुनेछ । प्रतियोगितालाई प्राविधिक सहयोग न्यु डायमन्ड एकेडेमीले गरेको विद्यालयका पिन्सिपल कुमार राईले बताए । एकेडेमीका अध्यक्ष श्रेष्ठले खेलकुदमा सकारात्मक भएर सबैको सहयोग लिएर अगाडी बढने बताए । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लबले भाग लिने बताएपनि अन्तिममा प्राविधिक कारणले नखेल्ने निर्णय गरेको आयोजकले बताएको छ । प्रतियोगिताको विजेताले ५० हजार , दोस्रोले ३५ हजार, तेस्रोले २५ हजार र चौथोले १० हजार रुपैया पुरस्कार पाउने आयोजकले बताएको छ ।

Comment