काजल विजयी

आठौ राष्ट्रपती रनिङ्ग शिल्ड अन्तरगत ललितपुर जिल्ला निर्वाचन क्षेत्रस्तरिय प्रतियोगितामा छात्रा तर्फ एथलेटिक्स विधाको ३ हजार मिटरमा सुदेशा स्कुलकी काजल बिष्ट विजयी भएकी छिन् । उनले क्षेत्र नं. ३ अन्तरगत भएको प्रतियोगितामा अनलज्योतीकी सबु बिष्ट दोश्रो र आइडियलकी स्वस्तिका आलेमगर तेश्रो भईन् ।१ सय मिटरमा आईडियलकी लुजना अमात्यले सुदेशाकी सविना माझीलाई पछि पार्दै प्रथम स्थान हात पारिन् । एसएसबी गुडविलकी रोजिना दुलालले तृतीय स्थान हात पारिन् । सटपुट तर्फ सुदेशाकी जानुका सुनुवारले स्वर्ण प्राप्त गर्दा सुदेशाकै सुष्मिता थापाले रजत पाईन् । उक्त विधामा प्रिमियरकी कृष्टिन श्रेष्ठले कास्य पाईन् ।छात्र तर्फको ३ हजार मिटर दौडमा आइजे पाईनियरका सरोज थापाले प्रथम स्थान प्राप्त गरे । द्वितीय स्थानमा श्री कृष्ण उमाबिका सुरज लामा र तृतीय स्थानमा आदर्श शौलका सुमित थापा मगर रहे ।

Comment