सजना र बिशाल पहिलो

khula daude
सजना श्रेत्री र बिशाल बानिया १० किमी खुल्ला दौड प्रतियोगितामा पहिलो स्थान हात पारेका छन् । कुसुन्ती युवा क्लबले स्थापनाको २८ औ बर्ष पुरा गरेको अवसरमा शनिवार आयोजना गरिएको खुला डौड प्रतियोगिताका महिलातर्फ सजना खत्री पहिलो,बर्षा थापा दोश्रो प्रिति श्रेष्ठ तेश्रो भए । त्यस्तै पुरुषतर्फ बिशाल बानिया पहिलो,बिकास सुब्बा दोश्रो र श्री कृष्ण श्रेष्ठ तेश्रो भए । पुरुषतर्फ बिजेताले १५ हजार,उपबिजेताले १० हजार र तेश्रोले ५ हजार नगद सहित ट«िफ प्राप्त गरे भने महिलातर्फको बिजेता र उपबिजेताले माउण्डेन फ्लईटा औसर प्राप्त गर्दा तेश्रोले २ हजार नगद प्राप्त गरिन् । बिजेतालाई संघिय मामेला तथा स्थानिय विकास सहायक मन्त्री बिराज वहादुर बिष्ट,क्लबका अध्यक्ष निरज खड्का र कार्यक्रम संयोजक श्याम भण्डारीले खेलाडिलाई पुरस्कृत गरेका थिए ।

Comment