१२ औं अन्तरमावि कर्णेल जेपिक्रस छात्रछात्रा बास्केटबल प्रतियोगिता जारी

Manoj Shiama
26 November, 2014 10:34 pm

पोखरा ः
कास्की जिल्ला बास्केटबल सङ्घको आयोजनामा पोखरा रड्डशालामा जारी १२ औं संस्करणको अन्तरमावि कर्णेल जेपिक्रस छात्रछात्रा बास्केटबल प्रतियोगिताअन्तर्गत बुधबार छात्रतर्फ दुइृ तथा छात्रातर्फ चार खेल सम्पन्न भएका छन्।
छात्रतर्फको पहिलो खेलमा सरस्वती आदर्श विद्याश्रमले कुमुदिनी होम्सलाई ४८–४५ ले पराजित ग¥यो। सरस्वतीको लागि गणेश बस्नेतले सर्वाधिक २७ स्कोर गरेका थिए। अर्को खेलमा कुमुदिनी होम्सले पोखरा युनाइटेडलाई ४३–१७ ले पराजित ग¥यो। कुमुदिनीको लागि अमृत पुनले सर्वाधिक २० स्कोर गरेका थिए।
छात्रातर्फ पहिलो खेलमा माउण्ट अन्नपूर्ण उमावि सेताले मनकामना बोर्डिङ स्कुललाई ४३–१४ ले पराजित ग¥यो।माउण्ट अन्नपूर्ण सेतोको तर्फबाट कृश्मा पुनले सर्वाधिक १५ स्कोर गरेकी थिइन्।दोस्रो खेलमा माउण्ट अन्नपूर्ण उमावि रातोले बालकल्याण बोर्डिङ स्कुललाई २४–७ ले पराजित ग¥यो। माउण्ट अन्नपूर्ण रातोको तर्फबाट श्यामकुमारी गुरुङले सर्वाधिक १३ स्कोर गरेकी थिइन्।
तेस्रो खेलमा सरस्वती आदर्श विद्याश्रमले कुमुदिनी होम्सलाई २०–१० ले पराजित ग¥यो। सरस्वतीको लागि दिपिना लामाले सर्वाधिक आठ स्कोर गरेकी थिइन्। चौथो खेलमा टप्स उमाविले मनकामना बोर्डिङ स्कुललाई १८–१२ ले पराजित ग¥यो। सो खेलमा मनकामनाको लागि विष्णु पुनले सर्वाधिक आठ स्कोर गरेकी थिइन्।
बुधबारदेखि लिगचरणका खेल सम्पन्न भएका छन्। जसअनुसार छात्रतर्फ समूह ए बट कास्की मोडनाइज एकेडेमी, समूह बी बाट माउण्ट अन्नपूर्ण उमावि, समूह सी बाट मनकामना बोर्डिङ स्कुल र समूह डी बट सरस्वती आदर्श विद्याश्रम क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
यस्तै छात्रातर्फ समूह ए बाट माउण्ट अन्नपूर्ण उमावि रातो, समूह बी बाट ग्लोबल कलेजियट उमावि, समूह सी बाट सरस्वती आदर्श विद्याश्रम र समूह डी बट माउण्ट अन्नपूर्ण उमावि सेतो क्वाटरफाइनलमा प्रवेश गरेका छन्। बिहीबार क्वाटरफाइनल खेल हुने प्रचार–प्रसार उपसमितिका संयोजक धोजकुमार गुरुङले जानकारी दिए।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने छात्रछात्रा टीमलाई जनही पाँच हजार, तीन हजार र दुई हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।