नेपाल आइटीएफ वाग्मती प्रदेशको रेफ्री सेमिनार सम्पन्न 

Manoj Shiama
31 May, 2026 2:45 pm

  नेपाल आइटीएफको वाग्मती प्रदेश स्तरीय रेफ्री सेमिनार आइतबार सम्पन्न भयो । आयोजक संयोजक रुपसिह तामाङले दिएको जानकारी अनुसार  सेमिनारमा वाग्मती प्रदेश को ११  जिल्लाका ४३ जना खेलाडीहरूले प्रशिक्षण लिए ।   रेफ्री सेमिनारमा महासङ्घका सिनियर प्रशिक्षक आशिष् कार्की र राजेश बोलाखेले प्रशिक्षण दिए । 

 कार्यक्रमको उद्घाटन वाग्मती  प्रदेशका प्रदेश सभा सदस्य  युवराज चौलागाईले गरे । सहभागीलाई महासङ्घका पूर्व अध्यक्ष तथा एसियाली तेक्वान्दो महासङ्घ का कार्यकारी सदस्य अञ्जन धमलाले  प्रमाणपत्र  वितरण गरे।