तेक्वान्दो टोली हङ्गकङ्गतर्फ

bablu khadgieहङ्गकङ्गमा आयोजना हुने अन्तराष्ट्रिय तेक्वान्दो पुम्से प्रतियोगितामा सहभागी हुन प्रशिक्षक मनोज खड्गीको नेतृत्वमा ५ सदस्यीय नेपाली तेक्वान्दो टोली शनिबार त्यस तर्फ प्रस्थान गर्ने भएका छन् ।शुक्रबार एक समारोहका विच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले टोलीलाई शुभकामना प्रदान गर्दै बिदाई गरे ।
टप माउन्टेन तेक्वान्दो एकेडेमीको सातौं बार्षिकोत्सवको उपलक्षमा आयोजना गर्न लागिएको प्रतियोगितामा सिनियर ब्लाक बेल्ट तर्फ बब्लु सिवाकोटी र किरण श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन् । त्यस्तै जुनियर ब्लाकबेल्ट तर्फ राजन भन्डारीले र जुनियर बेल्ट पुम्सेमा मेलिसा खड्गीले प्रतिस्पर्धा गर्ने टोली नेता एवं प्रशिक्षक मनोज खड्गीले जनाएका छन् । मनोज खड्गीलाई आयोजकको तर्फबाट मुख्य अतिथीको रुपमा समेत आमन्त्रण गरेको खड्गीले जानकारी गराए ।फेब्रुअरी २८ र २९, २०१६ मा आयोजना हुने प्रतियोगितामा दक्षिण एशियाका चिन, नेपाल, भारत, पाकिस्तान लगायत एशियाका गरि १२ देशले सहभागिता जनाउने सहभागिले बताए । अघिल्ला प्रतियोगितमा जस्तै यस प्रतियोगिताबाट पनि पदक प्राप्त गर्ने बिश्वास रहेको टोलीमा समाविष्ट सिनियर खेलाडी बब्लु सिवाकोटीले बताए ।

Comment