रुस्लान टि २० क्रिकेट शनिबारबाट

ruslane
काठमाडौं क्रिकेट टे«निङ सेन्टरको आयोजनामा प्रथम रुस्लान कप टी–२० क्रिकेट प्रतियोगिता शनिबारबाट हुने भएको छ । २२ गतेसम्म चल्ने प्रतियोगितामा १६ टिमको सहभागिता रहने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गरायो । नकआउटका आधारमा हुने प्रतियोगिताका शीर्ष चार टोली क्वाटरफाइनलमा प्रवेश गर्ने आयोजकले जानकारी गरायो । प्रतियोगिताका सबै खेलहरु किर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख रुपैया पुरस्कार प्राप्त गर्नेछन् । विधागत तर्फका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । आयोजक काठमाडौं, क्रिकेट एकेडेमीका अध्यक्ष तथा राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले रुस्लानको सहकार्यले प्रतियोगिता आयोजना गर्न सहज भएको बताए । प्रतियोगिताको लागि करिव १० लाख खर्च हुने अनुमान गरिएको छ । नेपाल आर्मी, सशस्त्र प्रहरीको एपिएफ, नेपाल प्रहरी, आयोजक रुस्लान क्रिकेट क्लब, ग्रेट हिमालय क्रिकेट एकेडेमी, हिमालयन क्रिकेट एकेडेमी, जि फोर्स क्रिकेट एकेडेमी, टिसी फाइटर, एसएस इभेन्ट, क्यानोन क्रिकेट क्लब, लर्डबुद्ध क्रिकेट एकेडेमी, पुल्चोक इन्जिनियरिङ रहेको छ । यस्तै मोफसलका विराटनगरको विराट क्रिकेट सोसाइटी, न्यू होराइजन बुटवल, नक्षत्र क्रिकेट नुवाकोट र मकवानपुर क्रिकेट एकेडेमीको पनि प्रतियोगितामा सहभागिता रहेको छ ।

Comment