आर्मी र पुलिसउपाधि नजिका

volleyball armye
पुलिस र आयोजक आर्मीको ए टिम प्रधान सेनापति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा बिहिवार उपाधि नजिक पुगेका छन् । पहिलो सेमिफाईनल खेलमा पुलिसले एपीएफलाई ३–० को सोझो सेटमा हरायो । पहिलो र दोश्रो सेट २५–१६ र २५–१२ ले सहजै जिते पनि पुलिसका लागि तेश्रो सेट कठिन बन्यो । पुलिस २४–२१ ले म्याच पईन्टमा पुगेको अवस्थाबाट एपीएफले लगतार ३ अंक जोड्दै २४–२४ को वरावरी बनायो । अन्ततः तेश्रोे सेट पनि पुलिसले २६–२४ ले आफ्नो पक्षमा पादै उपाधिको बाटोमा लम्कियो ।
लगनखेल स्थित आर्मीको खेल परिषरमा भएको लिगको दोश्रो सेमिफाईनल खेलमा आयोजक आर्मीको ए टिमले बी टिमलाई ३–१ को सेटमा हरायो । आर्मी ए ले पहिलो र दोश्रो सेट २५–१८,२५–२० ले जिते पनि तेश्रो सेट २४–२६ ले गुमाएको थियो । चौथो सेट आर्मी ए ले २५–१६ जित्दै फाईनलमा पुलिससग भेट पक्का गर्यो । सेमिफाईनलमा पराजित एपीएफ र आर्मी बी बीच तेश्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ । कपिल किशोर श्रेष्ठले टिम हेरे यता  फड्का् मार्ने क्रममा आर्मी फाइनल प्रबेश गरेको हो । यस भन्दा अघि आर्मी क्लब कपिल किशोरले टिम हेरे पछिको पहिलो प्रतियोगितामा नै उपाधि जित्न सफल भएको थियो ।

Comment