सेमिफाईनल समिकरण पुरा

प्रधान सेनापति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सेमिफाईनल समिकरण पुरा भएको छ । बुधवार भएको लिग खेलबाट सफलता निकाल्दै एपीएफ सेमिफाईनलमा प्रवेश गर्ने अन्तिम टिम बनेको छ । समूह बीबाट ४ खेलमा ३ सफलता सहित ९ अंक जोड्दै एपीएफ उपबिजेताको रुपमा अन्तिम चारमा प्रवेश हो । सेमिफाईनलमा एपीएफले समूह ए को बिजेता पुलिससग प्रतिस्पर्धा गर्नेछ । दोश्रो सेमिफाईनलमा भने आयोजकका ए र बी टिम बीच हुनेछ । लगनखेल स्थित आर्मीको खेल परिषरमा भएको लिगको अन्तिम खेलमा एपीएफले सूदुर पश्चिमाञ्चललाई २५–२१,२५–८ र २५–११ को सोझो सेटमा हरायो । अन्य खेलमा मध्यामञ्चल र आर्मी ए ले जित निकाले । मिश्रित नतिजा निकालेको मध्यामाञ्चलले पहिलो खेलमा मध्यपश्चिमाञ्चललाई २५–१०,२५–१६ र २५–२१ को सोझो सेटमा हराउदा दोश्रो खेल आर्मी ए सग २५–१२,२६–२४ र २५–१२ को सोझो सेटले पराजित भयो । चार खेलबाट ६ अंक बनाएको मध्यामाञ्चल प्रतियोगिताबाट बाहिरीएको छ ।

Comment