जेभियर र लिभरपुल सेमिफाइनलमा

primee
जेभियर ईन्टरनेशनल र लिभरपुल ईन्टरनेशनल कलेज १४ औं ज्ञाननिकेतन बास्केटबलच्याम्पियनसिप २०७२ को सेमिफाइनलमा प्रवेश गरेका छन् । जेभियरले अजय कुशवाहाको १७अंकको मद्धतले एन्जलहर्टलाई ४४–३१ अंकले पराजित गर्दै सेमिमा स्थान बनाएको हो । अर्को खेलमा लिभरपुलले बर्नहार्ट कलेजलाई ५७–४३ अंकले पराजित ग¥यो । लिभरपुलका लागि सुमङ्गा बोगटीले १७अंक जोडे ।
अर्को खेलमा प्राईम कलेजले कोलम्बस माथि ६४–४६ अंकको जित हात पार्दै सेमिफाइनलमा स्थान बनायो । उसको जितमा सुरज खड्गीको १३ अंकको योगदान रहयो ।यस्तै ओमेगाले किस्क कलेजलाई अभिषेक राईको १८ अंक योगदान सहित ३९–३६ अंकको झिनो अन्तरले पराजित ग¥यो । स्कुलतर्फको खेलमा एचएचसिएले आयोजक ज्ञाननिकेतन ए लाई ३९–३४ अंकले पराजित ग¥यो । एचएचसिएका बिशाल मानन्धरले १६ अंक जोडे ।
प्रतियोगिताको सेमिफाइनलको समिकरण पुरा भएको छ । लिभरपुल र ओमेगा, प्राईम र जेभियर, ग्रिनल्यान्ड र नेरिक तथाएचएचसिए र टेरेसा विचत खेल हुने छ ।

Comment