आर्मीका दुवै टिम सेमिफाईनलमा भेट

आयोजक आमीको ए र बी टिम बीच सेमिफाईनलमा भेट पक्का भएको छ । मंगलवार भएको लिग खेलमा आर्मीको बी ले श्चिमाञ्चललाई हराए पछि अन्तिम चारमा प्रवेश गरेको हो । सेमिफाईनल प्रवेशका लागि दुवै टिमले जित्नै पर्ने अवस्थामा आर्मी बीले ३–० को सोझो सेटमा पश्चिमाञ्चललाई हरायो । आर्मीले पश्चिमाञ्चलमाथी २५–१८,२५–१९ र२५–१२ को सहज जित निकाल्यो । त्यस्तै अन्य खेलमा पुलिस,एपीएफ र मध्यामञ्चलले जित निकाले । पुलिसले पूर्वाञ्चललाई २५–१४,२५–२० र २५–२० को सोझो सेटमा हरायो । लिगका तीनै खेल जितेको पुलिस समूह कबाट बिजेताको रुपमा सेमिफाईनल प्रबेश गरेको छ । समूह बी मा रहेको एपीएफले मध्यपश्चिमाञ्चललाई २५–१२,२५–२० र २५–१८ को सोझो सेटमा हरायो । एपीएफले ३ खेलबाट ६ अंक बनाएर सेमिफाईनल प्रवेशका लागि पकट बलियो बनाएको छ । मध्यामञ्चलले सूदुर पश्चिमाञ्चललाई २५–१८,२५–२३ र २५–२२ को सोझो सेटमा हराउदै पहिलो जित निकालेको छ । बुधवार लिग चरणको अन्तिम खेलहरु हुने छन् ।

Comment