चितवनमा अन्तराष्ट्रिय भलीबल

padmodayae
पद्मोदय युवा क्लब चितवनको आयोजनामा २३ देखि २६फागुनसम्म पद्मोदय आमन्त्रण पुरुष भलीबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा नेपालका तीन विभागीय टोलीका साथै आयोजक टोलीको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । प्रतियोगितामा भारतका विएमडब्लु र स्ट्रेट, बंगलादेशको टाइटन क्लब तथा भुटानको एक टोलीको सहभागिता रहने छ । प्रतियोगिताको उपाधि विजेताले १ लाख ५० हजार, उपविजयीले १ लाख तथा तेस्रो हुने टोलीले ५० हजार रुपैया पुरस्कार पाउने छन् । प्रतियोगिताको लागत २६ लाख रुपैया रहेको छ । चितवनको पद्मपोखरीमा लिगकम नकआउटको आधारमा प्रतियोगिता सञ्चालन हुने छ ।

Comment