सडक सुरक्षाका लागी नासा र बीकेटीविच सहकार्य

nasae
सडक सुरक्षा र खmेकुद दुवैे क्षेत्रमा बिगत ३ वर्षदेखि कार्यरत नेपाल अटोमोवाइल्स एसोसिएसन र बीकेटी टायरको नेपाल स्थित विक्रेता डेल्टा डिष्ट्रीब्युटर्स प्रा.ली काठमाडौ बिचमा सेफ्टी डाइभिङ ट्रेनिङ प्रोग्रामसंचालन गर्ने सम्झौता भएको छ ।
सक्झौता पत्रमा नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा) का अध्यक्ष दशरथ रिसाल र डेल्टा डिष्टिब्युटर्सको तर्फबाट बिक्रम सिंघानियाले हस्ताक्षर गरेको छन् । उक्त अवसरमा विकेटीले ड्राइभरहरुलाई प्रदान गर्ने ज्याकेट समेत सार्वजनिक गरिएको छ ।
नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा) र डेल्टा डिस्ट्रिब्युतर्सको समन्वयमा देशका विभिन्न भागमा हेभी गाडीका ड्राइभरहरुलाई सडक सुरक्षाका बारेमा आवश्यक प्रशिक्षण प्रदान गरिने छ । पहिलो चरणमा हेटौडाबाट सो कार्यको शुभारम्भ गरिने समेत बताइएको छ ।

Comment