सड्नीमा नेपाली महिला भलिबल

 

नेपमार्टको आयोजनामा अष्ट्रेलियाको सिड्नीमा महिला भलिबल हुने भएकोे छ । नेपाली पोेशाकको ब्यावसायी गदै आएकी नेपाली महिला नेम्सी पुनको सक्रियतामा २८ फेबु्रअरीमा   संचालन हुनेछ । नेपाली खेलाडिहरुले मात्र प्रतिस्पर्धा गर्न पाउने १ दिने प्रतियोगितामा ४ टिमको सहभागिता रहने रेफ्री संयोजक खेम पुजाले जानकारी गराएका छन् । सिड्नीको पिसी वाइसी म्यारिकभिल खेल मैदानमा हुने प्रतियोगितामा जलजला परिवार,म्याग्दी सेवा समिति,पोखरा समाज र छन्त्याल परिवार रहेका छन् । राउण्ड रबिनका आधारमा संचालन हुन प्रतियोगिताका दुई उत्कृष्ट टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताका बिजेताले ८ सय डलर र उपबिजेताले ५ सय प्राप्त गर्ने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडिले १ सय डलर प्राप्त गर्ने रेफ्रि संयोजक पुर्जाले सिड्नीबाट जानकारी गराएका छन् ।

Comment