आर्मी र पुलिस सेमिफाईनलमा

army volleyballe
आयोजक आमीको ए र पुलिस प्रथम प्रधान सेनापति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सोमवार सेमिफाईनलमा प्रवेश गरेका छन् । लगनखेल स्थित नेपाली सेनाको खेलकुद परिषद्मा भएको दोश्रो दिनको खेलमा आर्मीको ए टिमले दोहोरो सफलता निकाल्दै एक खेल अगाडिनै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । पहिलो खेलमा आर्मीले मध्यपश्चिमाञ्चललाई ३–० को सोझो सेटमा स्तब्ध पार्यो । तीनै सेटमा हावी रहेको आर्मीले २५–११,२५–११ र २५–१० ले नतिजा आफ्नो पक्षमा पारेको थियो । दोश्रो खेलमा सूदुर पश्चिमाञ्चललाई २५–१९,२५–८ र २५–१५ को सोझो सेटमा निराश बनायो । समूह बीबाट अपराजित रहदै आर्मीले ३ खेलबाट ९ अंक जोडेको छ । त्यसैगरी पुलिसले आर्मीको बी टिमलाई ३–१ को सेटमा हराए पछि एक खेल अगावै सेमिफाईनलमा स्थान सुरक्षित गरेको हो । पहिलो सेट आर्मीको बी टिमसग २१–२५ ले गुमाएको अवस्थाबाट पुलिसले लगातर तीनै सेट २५–१६,२५–२३ र २५–२० ले आफ्नो पक्षमा पारेको थियो । पुलिसले अपराजित रहदै समूह एबाट ६ अंक जोडेको छ । अन्य खेलमा एपीएफ र पश्चिमाञ्चलले पहिलो जित निकालेका छन् । एपीएफले मध्यामञ्चललाई ३–१ को सेटमा हरायो । पहिलो सेट मध्यमाञ्चलसग २६–२८ ले गुमाएको एपीएफले लगातार तीन सेट २५–१६,२५–२३ र २५–१४ ले आफ्नो पक्षमा पारेको थियो ।
समूह बीमा रहेको एपीएफले २ खेलबाट ३ अंक जोडेको छ । त्यस्तै समूह ए मा रहेको पश्चिमाञ्चलले पनि पहिलो जित निकालेको छ । उसले पुर्वाञ्चललाई ३–१ को सेटमा निराश बनायो । पहिलो सेट १६–२५ ले गुमाएको पश्चिमाञ्चलले लगातार तीनै सेट २७–२५,२५–१३ र २५–१५ ले जित्न सफल भयो । प्रतियोगिताका दौरान मध्यामञ्चल भलिबल संघका अध्यक्ष माधव केसीले प्रथम प्रधान सेनापति कप राष्ट्रिय पुरुष भलिबलले खेलाडिको मनोबल उच्च पार्ने धारणा ब्यक्त गरे । उनले सर्वाधिक नगद पुरस्कार राशीको प्रतियोगिता भएकाले पुरुष भलिबलको स्तर माथी उठाउने बताए । प्रतियोगिता अन्तरर्गत मंगलवार पुलिस र पुर्वाञ्चल,मध्यामञ्चल र सूदुर पश्चिमाञ्चल,एपीएफ र मध्यपश्चिमाञ्चल तथा आर्मी बी र पश्चिमाञ्चल बीच खेल हुनेछ ।

Comment