मनोज र आदित्यलाई रजत पदक

Manoj Shiama
22 February, 2016 4:50 pm

judo de
भारतको लखनउमा जारी चौथौं दृष्टिबिहिन तथा बहिरा राष्ट्रिय जुडो च्याम्पियनसिपमा नेपालका मनोज भट्ट र आदित्य शेर्पाले रजत पदक प्राप्त गरेका छन् । भट्टले ७३ केजी तौलमा तेलान्गनाका आर शिवलाई र शेर्पाले ६० केजी तौलमा दिल्लीका गौतम कुमार तथा तेलान्गनाका एस.के. मोहम्मदलाई पराजित गर्दै रजत पदक प्राप्त गरेको नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले जनाएका छन् ।फाईनलमा मनोज हरियाणाका मोनु तथा आदित्य युपीका कुलदीप संग पराजित भएका थिए ।