मोहनलाई अस्ट्रेलियामा काश्य

judo mohane
नेपालका मोहन बमले एसीटी अन्तराष्ट्रिय ओपन जुडो प्रतियोगितामा नेपालका मोहन बलमे काश्य पदक जितेका छन् । पहिलो चरणमा बाइ पाएर अघि बढेका मोहन बम दोस्रो चरणमा काइपिङ्गसंग पराजित भए । त्यस पछि भएको रेपाजे फाइटमा उनले लुइस मोट, लीयाम स्टुवार्ट र खेम थापालाई हराए । नेपालका खेम थापा पनि हाल अस्ट्रेलियामा रहेका छन् । छैटौ राष्ट्रिय खेलकुदका स्वर्ण विजेता बम हाल अस्ट्रेलियामा रहेका छन् । हाल उनले जुडो टेक्नीकका बारे भिडियो बनाएर विक्री गर्ने काम पनि गरिरहेका छन् । उनले तयार पारेको भिडियो युरोपका धेरै देशमा समेत विक्री भइरहेको छ ।

Comment