एथलेटिक्समा दोश्रो दिन कमजोर प्रदर्शन

१२ औं दक्षिण एशियली खेलकुदमा नेपालले दोश्रो दिन कमजोर प्रदर्शन गरेको छ । पहिलो दिन १५ सय मिटरमा कास्य पदक प्राप्त गरेको नेपालले दोश्रो दिनको खेलमा पदक तालिकालाई बढाउने अपेक्षा गरिएको थियो, तर उक्त अपेक्षालाई खेलाडीहरुले मूर्त रुप दिन सकेनन् ।
दोश्रो दिन भएको एथलेटिक्स तर्फको ११० मिटर हर्डल्समा नेपाली खेलाडी विशेष महतो अन्तिम स्थानमा आए । ९ जना खेलाडीको सहभागिता रहेको उक्त स्पर्धामा महतोले १६.२६ मिनटको समय निकाले । सो स्पर्धामा भारतका जे. सुरेन्धरले १४.१० मिनटका साथ स्वर्ण पदक पाए । दोश्रो स्थानमा भारतकै के.प्रेम कुमार र तेश्रो स्थानमा पाकिस्तानका मोहसिन अलि रहे । यस्तै महिलाको हाईजम्प तर्फ शिला चौधरीले १.५५ मिटर उचाईको छलाङ्ग लगाईन् । यस स्पर्धामा भारतकी सहाना कुमारीले १.७८ मिटरका साथ स्वर्ण, श्रीलङकाकी एलजीएटी विनोदानीले १.७५ मिटरका साथ रजत र भारतकी स्वप्ना वर्मनले १.७५ मिटरका साथ तेश्रो कास्य पाईन् ।
ज्याभ्लिन थ्रो तर्फ धिरेन्द्र जङ्ग शाह ५६.५५ मिटर फ्याक्दै सातौ स्थानमा आए । यस स्पर्धामा भारतका निरज चोपडाले ८२.२३ मिटरका साथ प्रथम, श्रीलङकका आरएमएसजे रनसिंघेले ८०.२५ मिटरका साथ दोश्रो र पाकिस्तानका अर्साद नदिमले ७८.३३ मिटरका साथ तेश्रो स्थान प्राप्त गरे ।

Comment