गौरिकाले दिलाइन रजत पदक

तस्बिर ः पिजे क्लब
तस्बिर ः पिजे क्लब

गौरिका सिंहले नेपाली पौडी इतिहासमा ऐतिहासिक उपलब्ध दिलाउने क्रमलाई १२ औं दक्षिण एसियाली खेलकुदको छैटौ दिन पनि कायम राखिन् । उनले बुधबार भएको २०० मिटर मेड्लेतर्फ राष्ट्रिय किर्तिमान राख्दै रजत पदक जितिन् । एनले १२ औं सगामा अहिलेसम्म १ रजत र ३ काश्य पदक जितिसकेकी छन् ।

बुधबार गुवाहाटीमा भएको प्रतिस्पर्धामा २०० मिटर मेड्लेतर्फ २ मिनेट ३३ः२६ सेकेन्डमा दुरी पुरा गर्दै रजत पदक जितेकी हुन् । उनले यसका साथै आफ्नै नाममा रहेको राष्ट्रिय किर्तिमानमा समेत सुधार गर्दै नयाँ किर्तिमान बनाएकी छन् । यस अघि यस स्पर्धामा उनले ३ मिनेट ३८ः१७ सेकेन्डमा दुरी पुरा गर्दै रेकर्ड राखेकी थिइन् । ब्ुधबार उनले रजत जित्ने क्रममा सो रेकर्ड तोड्दै नयाँ राष्ट्रिय रेकर्ड बनाएकी हुन् ।

१२ औं सागमा नेपालका लागि चार पदक जित्ने उनीमात्र एक नेपाली खेलाडी हुन् । रजत पदक जितेपछि उत्साहित हुँदै गौरिकाले भनिन्, ‘म खुसी छु । अझै राम्रो तयारी गर्न सकेको भए अझै राम्रो हुने विश्वास लिएको छु ।

Comment