खेलाडीसंग खुसी साट्दै डेपुटी सेभ द मिसन

with volley ball teame
१२ औ दक्षिण एसियाली खेलकुदको ब्यबस्थापनमा सक्रिय डेपुटी सेभ द मिसन धर्म कुमार श्रेष्ठ पदक विजेता खेलाडीसंग खुसी साट्न पनि त्यत्तिकै ब्यस्त रहेका छन् । भारोत्तलन खोलडीसंगको भेटबाट सुरु गरेको उनको यो अभियान खोखो टोलीले पदक जित्दा पनि उपश्थित थिए । एक दशकको अन्तरालमा पदक विजेता महिला भलीबल टोलीसंग पनि उनले भेट गरेका थिए । भलीबल टोली बुधबार नेपाल प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
कोलम्बो सागमा नेपाली महिला भलीबल टोलीले काश्य पदक जिते पनि ढाका सागमा यो स्पर्धा समाबेश भएको थिएन । पछिल्लो समय नेपालमा महीला भलीबल खेल अत्यन्त लोकप्रीय रहेको छ । यसै लोकप्रीयताका कारण पछिल्लो पुस्ताका प्रतिभासाली खेलाडीको उदय हुनुको बाबजुद कप्तान विनिता बुढाथोकी सहित मञ्जु गुरुङ्ग र कोपीला उप्रेती सन् २००६ र २०१६ दुवै सस्मरणमा पदक विजेता टोलीको सदस्य हुन सफल भए ।
जुडो प्रशिक्षक तथा अन्तराष्ट्रिय रेफ्रि धर्मले आफू खेलकर्मीकै रुपमा सक्रिय रहेको कारण खेलाडीको भावना बुझन सक्ने बताएका छन् । गुहावटीमा रहेका धर्मले पनि जुडो टोली प्रति सद्भाव ब्यक्त गर्दै सफलताको कामना गरेका छन् ।

Comment